तत्काल भूकम्प पीडितको आवास वापतको भुक्तानी व्यवस्था हुनुपर्छ : सांसद सुनुवार

ओखलढुंगा : ओखलढुंगाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद यज्ञराज सुनुवारले भूकम्प पीडितको आवास वापतको भुक्तानी तत्काल पाउनुपर्ने माग गरेका छन् । प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद सुनुवारले आवास निर्माण गरेपनि जिल्लाका भूकम्प पीडितले भुक्तानी पाउन नसकेको गुनासो गरे ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो अवधी सकेर गत पौष महिनामै खारेज भइसकेपनि भूकम्प पीडितले भने राहत पाउन नसकेको सांसद सुनुवारको भनाइ छ । सरकारले तत्काल पीडितहरुलाई आवास निर्माण वापत भुक्तानी उपलब्ध गराउनुपर्ने सांसद सुनुवारको माग छ ।

पीडितहरु अर्थ मन्त्रालय,सरकारको मुख ताकेर बसेको बताउँदै सांसद सुनुवारले तत्काल भुक्तानी उपलब्ध गराएर पीडितलाई राहत दिनुपर्नेमा जोड दिए । उनले भने,‘पीडितले राहत नपाउने, कृषकले मल नपाउने, विद्यार्थीले पाठ्यपुस्तक नपाउने,विकास बजेट नपाउने यो कस्तो विडम्बना हो ? ।’ सरकारले सांसद विकास कोषको रकम कटाएर वर्तमान सरकारले जनविरोधी कार्य गरेको समेत उनको आरोप छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार