यो कांग्रेसको एकलौटी सरकार हैन,त्यसैले चाहेजस्तो काम गर्ने अवस्था छैन : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार कांग्रेसको एकलौटी नभएकाले चाहेअनुसार धेरै विकासका काम गर्न सक्ने अवस्था नरहेको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको आइतबारबाट काठमाडौंमा शुरु भएको राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

‘तपाईहरूले एउटा कुरा के बुझ्नु पर्‍यो भने यो कांग्रेसको एकलौटी सरकार होइन,यो नबुझिकन तपाईंहरूले धेरै माग गर्ने अवस्था छैन,तपाईंहरूले अरु कतिपय अति महत्वपूर्ण विषय उठाउनु भएको छ,कतिपय बजेटमा आएका पनि छन्, छैनन भने पनि हामीहरू त्यसलाई पूरा गर्नेछौं,’उनले भने ।

कोभिड-१९ का कारण २ वर्षयता मुलुकको औद्योगिक, व्यावसायिक क्षेत्रमा भएको आएको संकुचनले श्रम बजार प्रभावित पारेको उनको भनाइ छ । उनले श्रमिकहरूको हक, अधिकारको सुरक्षा र उनीहरूलाई आवश्यक सुविधा उपलब्ध गराउन सरकार दृढ संकल्पित रहेको पनि बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार