चिनीको मूल्य बढ्यो,अब प्रतिकिलो एक सय पाँच रूपैयाँ

काठमाडौं : बजारमा चिनीको मूल्य बढेको छ । पछिल्लो समय चिनी प्रतिकिलो पाँच रूपैयाँ बढेर एक सय पाँच रूपैयाँ पुगेको नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधारले जानकारी दिए ।

उनले चिनीको होलसेल मूल्य बढेर आएकाले आफूहरू पनि चिनीको मूल्य बढाउन बाध्य भएको उनको तर्क छ । उनले भने,‘हामीले पनि उद्योगीसँग चिनी किनेर ल्याउने हो,उतै मूल्य बढेकाले हामीले मूल्य बढाउन बाध्य भयौँ ।’

उनका अनुसार भारतीय सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाए देखिँनै चिनीको मूल्य प्रतिकिलो दुईदेखि तीन रूपैयाँ गरेर उद्योगीले बढाइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार