एउटा व्यक्ति तारमा झुन्डिदा घण्टाको १० लाख घाटा भयो : कुलमान घिसिङ

काठमाडौं : नुवाकोटको हाइटेन्सन लाइनमा मानसिक सन्तुलन गुमाएका मान्छे तारतारै हिँडेपछि त्रिशुली थ्री ए जलविद्युत आयोजना ६ घण्टादेखि पूर्णरुपमा बन्द भएको छ । बिहान १० बजेदेखि नै तारमा झुन्डिएर हिडिरहेका छन् एक पुरूष।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काका अनुसार ककनी गाउँपालिका-७ मा रहेको पोलमा शनिबार करिब १० बजेदेखि विद्युतीय तारमा बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक रहेको छ ।

यता,नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घण्टाको १० लाख घाटा भएको बताएका छन् । उनले भने,‘एउटा मान्छेले गर्दा घण्टाको १० लाख घाटा भइरहेको छ,कोही जान नसक्ने रहेछ, त्यो मान्छे तल पनि झर्दैन, मान्छे देख्दादेख्दै लाइन छोड्ने कुरा भएन।’

उनका अनुसार अहिले झण्डै ७० मेगावाट विद्युत प्रशारण अवरुद्ध छ । दुईवटा सर्किट रहेकामा एउटा मात्रै चालू अवस्थामा रहेकाले दुर्घटना हुन नपाएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार