स्वास्थ्य र शिक्षा व्यापार होइन, सेवाको रुपमा हुनुपर्छ : मेयर बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्वास्थ्य र शिक्षा व्यापारको रुपमा नभई सेवाको रुपमा जनताको घरदैलोमा पुग्नुपर्ने बताएका छन् ।

शनिबार विहान क्षेत्रपाटी निःशुल्क चिकित्सालयको निरीक्षण गर्दै उनले यस्तो धारणा राखेका हुन् । २०१३ सालमा स्थापना भएको चिकित्सालयको नवनिर्मित भवन निर्माणको अवलोकन तथा अस्पतालबाट प्रवाह भइरहेको सेवा सम्बन्धमा अनुगमनसमेत उनले गरेका छन् ।

उनले अस्पतालमा उपचार गराइरहेका बिरामीसँग अन्तरक्रियासमेत गरेका थिए । उनले क्षेत्रपाटी निःशुल्क चिकित्सालयबाट असहाय, गरिब तथा आर्थिक अभावमा परेकालाई निःशुल्क रुपमा उपचार हुने कुराको ग्यारेन्टी गर्न निर्देशन दिए ।

अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अस्पताल प्रवेश गर्ने जोसुकै उपचारविहीन अवस्थामा फर्कनु नपरेको बताए । पैसा हुनेसँग न्यूनतम शुल्क लिएर नहुनेलाई निःशुल्क उपचार गर्ने प्रतिबद्धता उनले जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार