बालिका बलात्कारको आरोपमा अनाथालयका अध्यक्ष चौहान र सचिव पक्राउ

काठमाडौं : प्रहरीले जबर्जस्ती करणी गरको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले अनाथालयकी बालिकालाई जबर्जस्ती करणी गरेको जाहेरी परेपछि अनाथालयका अध्यक्ष राजेन्द्र चौहान र सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरी प्रमुख श्रेष्ठका अनुसार राईलाई बिहीबार नै पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ भने चौहानलाई समेत म्याद थप गरेर विस्तृत अनुसन्धान गरिने भएको छ । चौहानमाथि आरोप लागेको बताइए पनि के आरोप लागेको हो भन्नेबारे खुलाउन नमिल्ने प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार