काठमाडौं : नेकपा एमालेको कार्यालय समितिको बैठक शनिबार दिउँसो बस्ने भएको छ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न कार्यालय समितिको बैठक बस्न लागेको एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार कार्यालय समितिमा अध्यक्ष केपी शर्मा ओली, महासचिव, उपमहासचिव र सचिवहरु रहनेछन् ।
त्यस्तै, एमालेले ३० जेठमा सचिवालय समितिको बैठक बोलाइएको बताइएको छ ।
.