पोखरामा ‘धनिरामको गोरु’ १० गतेदेखि मञ्चन हुँदै

काठमाडौं : इन्द्रेणी थिएटरको प्रस्तुतीमा निर्माण भएको नाटक ‘धनिरामको गोरु’ पोखरामा मञ्चन हुने भएको छ ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा हुने ‘गण्डकी प्रज्ञा उत्सव’मा मञ्चन हुन लागेको हो नाट्यकर्मी केदारनाथ पौडेलले जानकारी दिए । उनले लेखेको उक्त नाटक कपिल शर्माको निर्देशनमा बनेको छ ।

गण्डकी प्रदेशको सामाजिक र पारिवारिक अवस्थालाई चित्रण गर्दै नाटक तयार पार्न लागिएको निर्देशक शर्माले जानकारी दिए । नेपालमा कृषिलाई आधार बनाएर थोरै मात्रामा नाटक तयार हुने गरेको भन्दै यो नाटकले किसानको वास्तविक अवस्था उजागर गर्ने पौडेलले बताए ।

नाटकमा धनिरामको भुमिकामा राजेन्द्र अधिकारी, आँबोईको भुमिकामा ज्योती हमाल, थम्मनको भुमिकामा बिभु भुषाल, पण्डितको भुमिकामा प्राञ्जललाई हेर्न पाइनेछ ।

यसैगरी, धनकुमारीको भुमिकामा निलम तामाङ, रामबहादुरको भुमिकामा आकाश दाहाल, चन्दनको भुमिकामा अनिल तिमील्सिना, खुसीमानको भुमिकामा विजय अधिकारी, सितारामको भुमिकामा विनोद पौडेल, धर्मेको भुमिकामा विकास पौडल र खरिकाको भुमिकामा प्रमिसा शिलवालको अभिनय देख्न सकिने छ । गण्डकी प्रज्ञा उत्सव असार १०, ११ र १२ गते आयोजना हुँदैछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार