हुम्लामा तीन वटा घर जल्यो, एक करोडभन्दा बढीको क्षति

काठमाडौं : हुम्लाको चंखेली गाउँपालिका–४ पिप्लामा तीन वटा घरमा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रहरी प्रमुख दिपक मल्लले गएराति १ बजे स्थानीय कर्णबहादुर शाहीको घरबाट विद्युत सट भएर आगलागी सुरु भएको जानकारी दिए । उनका अनुसार कर्णबहादुरको घरबाट छिमेकी यमबहादुर शाही र शेरबहादुर पालको घरमा आगो सल्किएको थियो ।

निमित्त प्रहरी प्रमुख मल्लले कर्णबहादुरको घरमा रहेका अन्नपात,लत्ताकपडा,सुनलगायतसामान जल्दा एक करोड भन्दा बढीको क्षति भएको बताए। उनका अनुसार यमबहादुरको घर पनि पूर्णरूपले जलेर नष्ट हुँदा २८ लाख बराबरको क्षति भएको छ ।

त्यस्तै,शेरबहादुरको घरमा तीन लाख बराबरका सरसामान जलेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार