वसन्त यामको सगरमाथा आरोहण सकियो,यो वर्ष २ नेपालीसहित ५ जनाले गुमाए ज्यान

काठमाडौं : यस वर्षको वसन्त यामको सगरमाथा आरोहण सकिएको छ । पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायले आरोहण अभियान हिमालमा सबै पूरा भएको र सगरमाथा आधार शिविरबाहेक सबै हिमालबाट आरोही फिर्ता भइसकेको जानकारी दिए ।

उनका अनुसार यतिखेर कोही सगरमाथाबाट आरोही र सहयोगी फर्कने क्रममा छन् । यो वर्ष सगरमाथामा कुल ५ जनाको मृत्यु भएको उनले बताए । सगरमाथामा औसत ७ जनाको मृत्यु हुने गरेको तथ्यांक छ । पर्यटन विभागका अनुसार यो वर्ष २ जना नेपाली ३ जना विदेशीको मृत्यु भएको छ ।

यो वर्ष कति जनाले सगरमाथा आरोहण गरे भन्ने यकिन तथ्यांक निकाल्न बाँकी रहेको उनको भनाइ छ । कामीरिता शेर्पाले २६ औं पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गरेका छन् ।

उनी आइसफल डाक्टरको ११ सदस्यीय टोलीको नेतृत्व गर्दै वैशाख २४ गते सगरमाथा शिखरमा पुगेका थिए । १३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो पुगेका कामीरिताको नाममा ८ हजार मिटरभन्दा अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमानसमेत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार