तारा एयरले बन्द गर्‍यो पोखरा-जोमसोमको उडान

काठमाडौं : तारा एयरले पोखरा-जोमसोम-पोखरा उडान बन्द गरेको छ । तारा एयरले जेठ २० देखि २७ गतेसम्मका लागि उक्त रुटको उडान बन्द गरिएको जनाएको छ ।

बिहीबार सूचना जारी गर्दै तारा एयरले विशेष कारणबस भोलि २० देखि २७ जेठसम्मका लागि पोखरा-जोमसोम-पोखरा उडान स्थगित गरिएको जनाएको हो ।

गत आइतबार पोखरादेखि जोमसोमका लागि उडेको तारा एयरको विमान आइतबार दुर्घटनामा परेको थियो । दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार