हेटौँडामा दुई जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं : मकवानपुर प्रहरीले दुई जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोकसेवा र सवारी अनुमति पत्रको परीक्षामा सहभागी दुईजना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले हेटौँडाको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई बिहीबार पक्राउ गरेको हो । हेटौँडा उपमहानगरपालिका–१ स्थित एक विद्यालयमा लोकसेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा बसेका पोखरा महानगरपालिका–२ का ४२ बर्षीय दिपेन्द्र प्रसाद बस्ताकोटीलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी महोत्तरीका अभय कुमार यादवको सट्टा परीक्षा दिन बसेका थिए ।

त्यसैगरी, प्रहरीले हेटौँडा–११ स्थित यातायात व्यवस्था कार्यालय हेटौँडाले लिइरहेको मोटरसाइकलको सवारी चालक अनुमति पत्रको परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई पनि  पक्राउ गरेको छ ।

बकैया गाउँपालिका–७ का टुकनाथ गौतमको ठाउँमा उनकै छोरा सन्तोष गौतमले परीक्षा दिएको पाइएपछि पक्राउ गरिएको डिएसपी कार्कीले बताए । प्रहरीले दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको .जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार