काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि कार्यसमिति सदस्य पदमा मनोनयन दर्ता गराएका २ जनाको उम्मेदवारी खारेज भएको छ ।
निर्वाचन समितिले कर्मा छिरिङ शेर्पासमूहबाट सदस्यमा मनोनयन दर्ता गराएका शम्भुसिंह ठकुरी र स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेका रमेश श्रेष्ठको उम्मेदवारी खारेज गरेको हो ।
निर्वाचन कमिटीका प्रवक्ता बद्री भट्टराईका अनुसार दुई जनाले मनोनयन दर्ता गर्ने क्रममा प्रक्रिया पूरा नगरेका कारण उम्मेदवारी रद्ध गरिएको जानकारी दिए ।
उनका अनुसार एन्फाको २१ सदस्यीय कार्यसमितिका लागि ५४ जनाको उम्मेदवारी परेकोमा यी दुईबाहेक बाँकीविरुद्ध दाबी विरोध उजुरी नपरेको उनले जानकारी दिए । एन्फाको निर्वाचन कमिटीले उम्मेदवारमाथिको दावी विरोधका लागि आजसम्म (जेठ १९)को समयसीमा दिएको थियो ।