लमजुङमा टिपर दुर्घटना,४ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं : लमजुङको मध्य नेपाल नगरपालिका–७ स्थित मध्यपहाडी लोकमार्गमा टिपर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका इन्सपेक्टर जगदीश रेग्मीका अनुसार टिपरचालक धादिङको गजुरी गाउँपालिका-६ घर भएका अन्दाजी २७ वर्षका आकाश भनिने विनोद घिमिरे, गोरखाका गोरखा नगरपालिका-१२ का २३ वर्षीय रविन्द्र सेढाई, तनहुँको व्यास नगरपालिका-६ कलेष्टीका ४५ वर्षीय उत्तम न्यौपाने र सल्यान कुमाख गाउँपालिकाका २१ वर्षका पारश शाहको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु हुने सबैजना मध्यपहाडी लोकमार्ग निर्माणमा खटिएका चालक तथा कामदार रहेको उनले जानकारी दिए ।

कल्याङबेंसीबाट रामबजारतर्फ आउने क्रममा ढुंगा लोड भएको बा४ख ७७८१ नम्बरको टिपर आइतबार दिउँसो करिब सवा ३ बजे दुर्घटना भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार