तारा एयरको बेपत्ता जहाज भेटिएन,भोलि पुन: खोजिकार्य गरिने

काठमाडौं : आइतबार बिहानै पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको केही मिनेटमै बेपत्ता तारा एयरलाइन्सको जहाजको खोजी तथा उद्धार कार्य स्थगित भएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले आज दिनभर भएको खोजीकार्यबाट जहाज नभेटिएको र मौसम खराबरीले पनि समस्या भएको बताए । उनका अनुसार अब भोलि(सोमबार) बिहानै फेरी खोजी कार्यलाई निरन्तरता दिइने छ ।

१९ जना यात्रु र चालक दलका तीन सदस्यसहित पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा उडेको जहाज मुस्ताङको शिखा क्षेत्रस्थित आकाशमा पुगेपछि एयर ट्राफिक कन्ट्रोलरसँगको सम्पर्क विच्छेद भएको थियो । कहाँ के भयो भन्ने अझै पत्ता लाग्न सकेको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार