याक तथा चौरी कृषक महासंघ नेपाल तदर्थ समिति गठन

काठमाडौं : याक तथा चौरी कृषक महासंघ, नेपाल तदर्थ समिति गठन भएको छ । शनिबार राष्ट्रिय तथा अन्तराष्ट्र्रिय स्तरको याक सञ्जालको रुपमा विकास गर्न नुरु शेर्पाको अध्यक्षतामा १९ सदस्यीय समिति गठन भएको हो ।

अध्यक्ष शेर्पाका अनुसार हिमाली क्षेत्रको ब्याल डायमण्डलाई नेपालको ब्रान्ड बनाइने छ । हिन्दकुस याक सञ्जाल निर्माणको क्रममा आज नेपालमा पहिलो पटक राष्ट्रिय स्तरको याक सञ्जालको रुपमा याक तथा चौरी कृषक महासंघ ,नेपाल कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत राष्ट्रिय पशुपन्छी स्रोत व्यावस्थापन तथा प्रवर्द्धन कार्यालयको मातहतमा रहने गरी उनको नेतृत्वमा १९ सदस्यीय तदर्थ समिति गठन भएको छ ।

नेपालमा याक र चौरी प्रबर्द्धन सम्बन्धी पशुपन्छी विकास मन्त्रालयका सचिव निरु दाहाल पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न २ दिने प्रथम राष्ट्रिय कार्यशाला गोष्ठीले पक्कै नेपालमा याक तथा चौरी पालनको कार्यदिशालाई मार्ग निर्देशित गरिने उनको भनाइ छ ।

उनले ६ महिना भित्र मन्त्रालय अन्तर्गत राष्ट्रिय पशुपन्छी स्रोत व्यावस्थापन तथा प्रबर्द्धन कार्यालय र महासंघको सहकार्यमा राष्ट्रिय याक तथा चौरी नीति बनाउन विभिन्न सुझाबहरु प्राप्त भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार