क्यानद्धारा राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

काठमाडौं : अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

शनिबार नेपाल क्रिकेट संघ (क्यान) ले सिरिजका लागि अमेरिकाको टेक्सस जाने नेपाली टोलीलाई बिदाइ गरेको हो । क्यानका अनुसार नेपाली टोली आजै अमेरिका प्रस्थान गर्नेछन् । नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायतले बिदाइ गरेका थिए ।

सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ । सिरिजका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरिसकेको छ । सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा ओमानविरुद्ध खेल्नेछ । खेलको समय नेपाल र ओमानबीचको खेल जुन ९ मा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार