पार्किङ गरि राखेको ३ वटा मोटरसाइकल सोलुमा चोरी !

काठमाडौं : सोलुखुम्बुमा पार्किङ गरि राखेको ३ वटा मोटरसाइकल हराएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जिल्लाको सदरमुकाम सल्लेरीमा पार्किङ गरि राखेको मोटरसाइकल गएराति चोरी भएको जनाएको छ । बिक्रम हिङमाङको बा ६० प ५१९६ नम्बर पल्सर बाइक हराएको हो । घर अगाडी राखेको मोटरसाइकल हराएको हिङमाङले बताए ।

प्रहरी निरिक्षक ओमाशंखर प्रसाद शाहका अनुसार प्रहरीमा एकैदिन ३ वटा मोटरसाइकल हराएको उजुरी आएको छ ।

गएराति जिल्लाको सदरमुकाम सल्लेरीबाट २ वटा र थुलुङ दुधकोशी गाउँपालिकाबाट १ वटा मोटरसाइकल हराएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको विषयमा अनुसन्धान जारी राखेको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार