संविधान मिच्‍न खोज्‍नेलाई निर्वाचनले गतिलो जवाफ दिएको छ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मिच्‍न खोज्नेलाई स्थानीय तहको निर्वाचनले गतिलो जवाफ दिएको बताएका छन् । शनिबार सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफलको क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संविधान कार्यान्वयनमा जनताले साथ दिएको बताए ।

‘अहिले स्थानीय तहको निर्वाचन भएको छ, संघ र प्रदेशको निर्वाचनतर्फ अगाडि बढ्दैछौँ, निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रको प्रक्रियामा संविधानलाई ट्रयाकमा राखेर गतिशील बनाउने कोशेढुंगा हो, स्थानीय निर्वाचनले बलियो सन्देश दिएको ती सबै तत्वलाई संविधानलाई मिच्न चाहने, संविधान उल्ट्याउन खोज्नेलाई जनताले राम्रो जवाफ दिएको छ,’ छलफलमा उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार