सुनकोशी गाउँपालिका वडा ३ कार्यालयले जेष्ठ नागरिकलाई घरैमा सेवा दिन थाल्यो


ओखलढुंगा : जिल्लाको सुनकोशी गाउँपालिका वडा-३ को वडा कार्यालयले जेष्ठ नागरिकलाई घरैमा सेवा दिन सुरु गरेको छ । वडा भित्रका जेष्ठ नगरिकलाई घरैबाट स्वास्थ्य परीक्षण सेवासँगै सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालिएको हो ।

वडा भित्रका जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई स्वास्थ्य परीक्षणसँगै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको वडा कार्यालयले जनाएको छ । नागरिकको सेवाका लागि निर्वाचित भएपछिको पहिलो काम घरैबाट सामाजिक सुरक्षा भत्तासँगै स्वास्थ्य परीक्षणलाई जोड दिइएको वडाध्यक्ष गिर्वराज थापा मगरले जानकारी दिए ।

मासिक रुपमा स्वास्थ्यकर्मीसहित जनप्रतिनिधिहरु स्वयम नागरिकको घरघरमा पुगेर जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गर्ने गराइने वडा कार्यालयले जनाएको छ । घरमै यस्तो सेवा पाएपछि सम्बन्धित सेवाग्राही खुसी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार