मन्त्री यादवले गरे ओखलढुंगाको कार्यालयमा अनुगमन, छिटो र छरिटो सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन

ओखलढुंगा : प्रदेश नम्बर १ का स्वास्थ्य मन्त्री जयराज यादवले जनताले अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । ओखलढुंगाका विभिन्न सरकारी कार्यालयहरुमा शुक्रबार अनुगमन गर्ने क्रममा मन्त्री यादवले सरकारी सेवा जनताको घरघरमा  पुर्‍याउन निर्देशन दिएका हुन् ।

उनले जिल्ला अस्पताल रुम्जाटार र स्वास्थ्य कार्यालयको अनुगमन गरेका थिए । मन्त्री यादवले सरकारी अस्पतालहरु दरबन्दी र भौतिक सुविधा सम्पन्न भएपनि सेवा गुणस्तर नभएको गुनासो आउने गरेकाले त्यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिए । सरकार छ भन्ने अनुभूति जनतालाई दिलाउनु सबैको कर्तव्य भएको बताउँदै मन्त्री यादवले यसका लागि कर्मचारीहरु दत्तचित्त भएर लाग्नुपर्ने बताए ।

गुणस्तरीय सेवासँगै जनताको आकांक्षा अनुसार काम गर्न सकेमा मात्रै जनताले वास्तविक परिवर्तनको अनुभव गर्न पाउने उनको भनाइ थियो । राज्यको सबै निकायको तालमेल मिले मात्रै राष्ट्र निर्माण हुने र जनताले सरकार भएको अनुभूति गर्न पाउने बताउँदै मन्त्री यादवले जागिर सरकारीमा खाने उपचार निजीमा गर्ने परम्पराको अन्त्य हुनुपर्नेमा जोड दिए । अस्पतालमा आवश्यकीय जनशक्ति र उपकरणका लागि आफूहरुको व्यवस्थापन राज्यले तदरुकताका साथ गर्ने यादवको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार