मोलुङको वडा कार्यालय सार्ने विवाद चर्कियो,पायक पर्ने ठाउँमै राख्ने वडाध्यक्ष कार्कीको आश्वासन

ओखलढुंगा : जिल्लाको मोलुङ गाउँपालिका वडा-५ को वडा कार्यालय सारिएपछि स्थानीयहरुले असन्तुष्टि जनाएका छन् । वडा कार्यालय बिना सूचना, ऐन कानुन र विधि मिचेर अपायक, यातायात सुविधा नभएको ठाउँमा सारिएको भन्दै वडाबासीहरुले असन्तुष्ट जनाएका हुन् ।

कमिसन र नाताबादको आडमा वडा कार्यालय सारिएको एमाले मोलुङ गाउपालिका कमिटी सदस्य तथा अनेरास्वीयु केन्द्रिय कमिटी सदस्य गोपाल नेपालले आरोप लगाए । रेडियो ओखलढुगांको कार्यक्रम शुभ सम्बादसँग कुरा गर्दै उनले वडाध्यक्षको एकल निर्णयले वडा कार्यालय सारिएकोमा एक जिम्मेवार पार्टीको कार्यकर्ताको हिसाबले आफुले सरोकारवालाको ध्यानाकर्षण गराइसकेको बताए ।

यता, गाउपालिका वडा-५ का नवनिर्वाचित वडाध्यक्ष गोपीकृष्ण कार्कीले भने वडा कार्यालय रहेको घरबेटीले गत माघ महिनामै घरखाली गर्न निवेदन दिएको कारण आफुले तत्कालको लागि कार्यलयको सामान मात्रै सारेको दाबी गरे । मोलुङ नेपाली कांग्रेसका सभापति समेत रहेका कार्कीले अब केही समयमै विधि र प्रकृयासहित कोटेशन आह्वान गरेर सबैलाई पायक पर्ने ठाउँमा वडा कार्यालय राख्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार