ओखलढुंगामा घाँस काट्न गएका पुरुषको भीरबाट लडेर मृत्यु


ओखलढुंगा : जिल्लामा घाँस काट्न गएका एक पुरुषको भीरबाट लडेर मृत्यु भएको छ । चिशंखुगढी गाउँपालिका ८ पधेरेका ५४ वर्षीय घनहर्क राईको भीरबाट लडेर मृत्यु भएको हो । बुधबार बिहान घरबाट घाँस काट्न हिडेका राई अवेर सम्म घर नफर्किएपछि खोजी गर्दा छोराले घर नजिकैको भीरमा घाइते अवस्थामा फेला पारेका थिए ।

उनको तत्काल उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल सोब्रु ल्याइएको थियो । सोब्रुमा उपचार सम्भव नभएपछि थप उपचारका लागि गाडी मार्फत काठमाण्डौ लाने क्रममा बाटोमै मत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सुचना अधिकारी तथा प्रहरी निरिक्षक केसव अधिकारीले जानकारी दिए । घटनापछि शवको आवश्यक कानुनी प्रकृया पूरा गरी पोष्टमार्टमका लागि आज जिल्ला अस्पताल रुम्जाटार पठाइएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार