बाराको निजगढ विमानस्थल नबनाउन सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोक्न आदेश दिएको छ । बिहीबार बृहत पूर्ण इजलासले सरकारले निजगढमा विमानस्थल बनाउनका लागि अहिलेसम्म गरेका सबै निर्णय बदर गरेको हो ।

अदालतका प्रवक्ता विमल पौडेलले रञ्जुहजुर पाँडे क्षेत्रीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई विपक्षी बनाइ दायर गरेको रिटमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले यस्तो आदेश गरेको जानकारी दिए ।

सरकारले तराईको चारकोसे झाडीले भरिएको बाराको निजगढमा करीब २४ लाख सालका रुख काटेर विमानस्थल बनाउने योजना बनाएको थियो । तर,वातावरण संरक्षणका अभियानकर्ताले निजगढमा विमानस्थल बनाउँदा त्यसले वातावरणीय सन्तुलन र वन्यजन्तुलाई अपूरणीय क्षति पुर्‍याउने भन्दै विरोध गर्दै आएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार