महिनावारी दिवसको अवसरमा काठमाडौंमा बृहत् साइकल र्‍याली हुने

काठमाडौं : काठमाडौंमा महिनावारी दिवसको अवसर पारेर बृहत् साइकल र्‍याली आयोजना गरिने भएको भएको छ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही जेठ १४ गते शनिबार महिनावारी दिवसको अवसर पारेर काठमाडौंको वसन्तपुरदेखि ललितपुरको मंगलबजारसम्म साइकल र्‍याली गरिने जानकारी गराइएको हो ।
एक्सपोज नेपालका अध्यक्ष ज्ञान महर्जनले ‘विद्यालयमा महिनावारी’ भन्ने सन्देशका साथ वातावरण मैत्री पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोगबारे जनचेतना जगाउन वातावरण मैत्री सवारीको प्रयोगबाट र्‍याली आयोजना गर्ने कार्यक्रम रहेको बताए ।

उनका अनुसार वसन्तपुरबाट सुरु हुने र्‍याली दरबारमार्ग, पुतलीसडक, अनामनगर, थापागाउँ, बानेश्वर, बबरमहल, थापाथली हुँदै पुल्चोक, जावलाखेल, लगनखेलबाट मंगलबजार पुगी समापन हुनेछ । र्‍यालीमा ३०० जना साइकलयात्रीले सहभागिता जनाउने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार