ओखलढुंगामा चालु आर्थिक सवारी दुर्घटनामा परी १८ जनाले गुमाए ज्यान,३१ सवारी साधन दुर्घटना ग्रस्त

 

ओखलढुंगा : चालु आर्थिक वर्षमा ओखलढुंगामा सवारी दुर्घटनामा परी १८ जनाले अकालमै ज्यान गुमाएका छन् । २०७८ साउन १ गतेदेखी हालसम्म १८ जनाको सवारी दुर्घटनामा परी ज्यान गएको हो । त्यस्तै,सवारी दुर्घटनामै परी ३७ जना गम्भीर घाइते भएका छन् भने ४६ जना सामान्य घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाका ईन्चार्ज पदमप्रसाद भट्टराईले चालु आर्थिक वर्षको यो अवधिमा २ वटा बस, १६ वटा जिप तथा कार, २ वटा ट्रयाक्टर र १३ मोटरसाइकल गरी जम्मा ३३ वटा सवारी साधन दुर्घटनाग्रस्त भएको जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परेका धेरैजसो सवारी साधनहरु बिग्रिएको सडकको अवस्था र तीब्र गतीका कारण पाइएको छ । सवारी दुर्घटना कम गर्नको लागि विभिन्न समयमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन गरिँदै र सवारी चेकजाँचलाई प्राथमिकता दिइदै आएको उनले बताए पनि सवारीसाधन दुर्घटनाका घट्ना अझै कम भएको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार