नगरवासीलाई शिरमा राखेर काम गर्नेछौँ : नवनिर्वाचित चिरिबाबु

काठमाडौं : ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरिबाबु महर्जनले नगरवासीलाई सधैँ शिरमा राखेर विकासका काम गर्ने बताएका छन् । बुधबार जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सबै जनप्रतिनिधिसँग टिमवर्क बनाएर ललितपुरलाई सुन्दर बनाउने उनको भनाइ छ । ‘हामीले जे जस्तो काम गछौँ, त्यो टिम वर्कको रूपमा अघि बढाउनुपर्छ,’उनले भने ।

त्यस्तै,उनले आफूले कुनै गल्ति काम नगरी काम गर्ने बताउँदै आफूबाट कुनै पनि पक्षपात नहुने प्रतिबद्धता व्यक्त गरे । यसअघि महानगर प्रमुखमा निर्वाचित भएपछि पनि धेरै काम गरिसकेको उनको दाबी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार