पत्रकार राईलाई सिद्धिचरण युवा पत्रकारिता र युगकवि सिद्धिचरण पुरस्कार सिस्नुपानी नेपाललाई प्रदान

ओखलढुंगा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका केन्द्रिय अध्यक्ष गजुरधन राईलाई यसबर्षको सिद्धिचरण युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिकाका ५ का सञ्चारकर्मी राईसहित यो पुरस्कारबाट पत्रकार पारसमणि नेपाल र लहना मिडिया पनि पुरस्कृत भएको छ । सिद्धिचरण श्रेष्ठको १११ औँँ जन्म जयन्तीको अवसरमा काठमाण्डौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले पुरस्कार प्रदान गरेका हुन् ।

आयोजक संस्था सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानले पत्रकारिताको माध्यमबाट समाजलाई सूसूचित गर्न योगदान पु¥याएवापत उनीहरुलाई यो पुरस्कार प्रदान गरिएको जनाएको छ । पत्रकार राई विगत ३० बर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय छन् । यसैगरी यस वर्षको युगकवि सिद्धिचरण पुरस्कार सिस्नुपानी नेपाललाई प्रदान गरिएको छ । सामाजिक विकृति र विसंगति विरुद्ध आवाज उठाएर समाजलाई जागरुक गर्ने कार्य गरे वापत सिस्नुपानी नेपाललाई यो पुरस्कार प्रदान गरिएको हो ।

सिस्नुपानी नेपालललाई एक लाख राशीसहित प्रमाणपत्र र पत्रकारहरुलाई जनही २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले समाज परिवर्तनका लागि सिद्धसचरण श्रेष्ठको योगदान सदा स्मरणीय रहेको बताए । वि.स १९६९ मा जन्मिएका युगकवि श्रेष्ठको ‘मेरो प्यारो ओखलढुंगा’ले ओखलढुंगा जिल्लालाई विश्वभर चिनाउन मूख्य भमिका खेलेको पाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार