ललितपुर महानगरपालिकाको मेयरमा चिरीबाबु र उपमेयरमा मञ्जली विजयी

काठमाडौं : ललितपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका चिरीबाबु महर्जन विजयी भएका छन् । दोस्रो कार्यकालका लागि निर्वाचित महर्जनले ४२ हजार ९ सय ४८ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार ९ सय ९३ मत मात्रै पाए ।

उपमेयरमा भने नेकपा एमाले उम्मेदवार मञ्जली शाक्य विजयी भइन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई फराकिलो मतान्तरले पराजित गर्दै एमाले उम्मेदवार शाक्य विजयी भएकी हुन् ।

मञ्जलीले २४ हजार ५ सय ६१ मत प्राप्त गर्दा बाबुराजले १७ हजार ५ सय ३६ मत ल्याए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार