प्रत्येक प्रदेशमा दुई मेडिकल कलेज स्थापना गरिने, ‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयन गर्ने

काठमाडौं : सरकारले शहरी तथा अर्धसहरी क्षेत्रमा बसोबास गर्ने अनुमानित थप चार लाख ६६ हजार जनसङ्ख्यालाई खानेपानी उपलब्ध गराउने नीति लिएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै उनले सहरी क्षेत्रका नागरिकलाई मध्यम तथा उच्चस्तरको खानेपानी उपलब्ध गराउने योजना रहेको बताइन् ।

उनले भनिन,‘सरकारले ‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयन गर्नेछ,मेलम्ची जलाधारको भौगोलिक अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको दिगो पथान्तरणको लागि निकायगत समन्वय अघि बढाउने छ,काठमाडौं उपत्यकाको चक्रपथ बाहिर र भक्तपुरमा अरनिको राजमार्ग वरपरका स्थानमा खानेपानी वितरणका लागि पाइप बिच्छ्याउन सुरु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।’

सरकारले प्रत्येक प्रदेशमा कम्तिमा २ वटा मेडिकल कलेज र प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने नीति लिने पनि घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार