मनाइयो सिद्धिचरण श्रेष्ठको १११ औँ जन्मजयन्ती

ओखलढुंगा : युगकवि सिद्धिचरण श्रेष्ठको १११ औँ जन्मजयन्ती ओखलढुंगामा भब्यताका साथ मनाइएको छ । ओखलढुंगा साहित्य प्रतिष्ठान र सिद्धिचरण संग्राहलय समितिको संयुक्त आयोजनामा आज (सोमबार) साहित्यिक कार्यक्रम गरी कविको जन्मजयन्ती मनाइएको हो ।

नगरपालिका-१२ स्थित कविकै जन्मस्थल (सिद्धिचरण पार्क) मा आयोजना गरिएको कार्यक्रममा कविको पूर्ण कदको प्रतिमामा माल्यापर्ण गरिएको थियो । त्यसपछि जिल्लाका झन्डै दर्जन स्रष्टाहले गजल र कविता वाचन गरेका थिए । साहित्यकारहरुले कविता मार्त जिल्लाको सौन्दर्यको वर्णन गर्नुको साथै कविको योगदानको चर्चा गरे ।

त्यस्तै,केहीले कविता र गजल मार्फत नै देशमा भएको विकृती, विसंगति र बेतिथीको आलोचना समेत गरेका थिए । सिद्धिचरण नगरपालिकाका नवनिर्वाचित मेयर तेजन खनाल (तेजेन्द्र) को प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा नगर उपप्रमुख केदारबाबु बस्नेत, निर्वतमान मेयर मोहनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आफ्नो मन्तब्य ब्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुले युगकवि श्रेष्ठको साहित्यको क्षेत्रबाट जिल्लालाई चिनाउन महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै चर्चा गरेका थिए । कवि श्रेष्ठको जन्मजयन्तीमा प्रत्येक वर्ष जिल्लामा विविध कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार