मानेभञ्ज्याङले भोलिदेखि कोरोनाले रोजगारी गुमाएका परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने

Nepal national currency

ओखलढुंगा : जिल्लाको मानेभज्याङ गाउँपालिकाले भोलिदेखि कोभिड-१९ का कारण रोजगारी गुमाएका परिवारलाई आर्थिक रकम सहयोग गर्ने भएको छ । कोरोना कहरका कारण आयस्रोत तथा रोजगारी गुमाएका अति विपन्न परिवारलाई पालिकाले आर्थिक रकम सहयोग गर्ने भएको हो ।

गाउँपालिकाले स्थित प्राइम बैंकमा खाता खोलेका लाभग्राहीलाई रकम वितरण गर्ने जनाएको छ । कोरोनाका कारण रोजगारी गुमाएका तथा आयआर्जनको पाटो गुमाएर अनौपचारीक तथा असंगठीत क्षेत्रका अति विपन्न परिवारलाई प्रति परिवार १० हजार रुपैया उपलब्ध गराउने गाउँपालिकाको तयारी छ ।

सो रकम उनीहरुले खोलेको बैंक खाता मार्फत भुक्तानी गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार