ओखलढुंगामा कसले लिन्छ जिल्ला समन्वय समितिको नेतृत्व ?

ओखलढुंगा : स्थानीय तहको निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि जिल्ला समन्वय समितिको नेतृत्व कसले लिने भन्ने चर्चा चुलिएको छ । नेपाली कांग्रेसको बहुमत हुने भएकाले कांग्रेसका नेताहरु जिससको सभापतिका लागि लविङ शुरु गरेको हो ।

जिल्ला समन्वय समिति स्थानीय तहलाई सुशासित र पारर्दशीता कायम राख्न निरन्तर अनुगमन र मूल्यांकन गर्ने निकाय हो । निर्वाचित जनप्रतिनिधिहरुलाई समावेशिताका आधारमा जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यहरुको टिकट वितरण गरिन्छ ।

जिल्लाको सबैभन्दा ठुलो निकाय भएकाले यसको नेतृत्वका लागि जिल्ला तहका सिनियर नेताहरु वडा सदस्य जितेर आउने गरेका छन् । जम्मा १६ जना जिल्ला सभाका सदस्य भएको यस जिल्लामा ९ जना कांग्रेसका छन् । नेपाली कांग्रेसले एकल बहुमत सहित जिसस बनाउने निश्चित भएपछि नेतृत्वमा होडबाजी सुरु हुने थालेको छ ।

समितिको प्रमुखको आसमा पूर्व जिल्ला सचिव समेत रहेका पुराना नेता टेकराज भट्टराई, पूर्व महासमिति सदस्य डिल्लीराम खनाल, जिल्ला सचिव अजय लुइटेल, नेविसंघका पूर्व केन्द्रीय सदस्य भिम कुमार गौतम, नेतृ तारा कार्की लगायतका नेताहरुले वडाबाट सदस्यमा निर्वाचित भएर आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार