७१३ स्थानी तहको मत परिणाम सार्वजनिक

काठमाडौं : निर्वाचन आयोगले आइतबार अपराह्नसम्ममा देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ७ सय १३ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक गरेको छ ।

प्राप्त परिणामअनुसार नेपाली कांग्रेस ३१४ पालिकामा जित निकाल्दै पहिलो दल बन्न सफल भएको छ। जसमा प्रमुख १२८ र १०१ उपप्रमुखम तथा अध्यक्षमा १८६ र उपाध्यक्षमा १९० जितेको तथ्यांकमा उल्लेख छ।

२०७४ सालको स्थानीय तह निर्वाचनबाट पहिलो बनेको नेकपा एमालेका उम्मेदवार १९२ पालिका प्रमुख जित्दै दोस्रोमा सीमित भएको छ । एमालेले ७१ पालिका प्रमुख र १२१ अध्यक्ष जितेको छ ।

नेकपा माओवादी केन्द्र पहिलाको भन्दा केही सुधार गर्दै यसपटक १२० पालिका प्रमुखमा जितेको छ । त्यस्तै,नेकपा एकीकृत समाजवादी पार्टीले ९ पालिका प्रमुख र जनता समाजवादी पार्टी नेपालले २१ प्रमुख जितेको छ । मतपरिणाम सार्वजनिक गर्ने क्रम जारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार