ओखलढुंगाका निवर्तमान जनप्रतिनिधिहरुले धमाधम सरकारी सवारीसाधन फिर्ता गर्दै

ओखलढुंगा : नयाँ जनप्रतिनिधी आएसँगै निवर्तमान जनप्रतिनिधिहरुले आफ्नो जिम्मेवारीमा भएको सामाग्री धमाधम फिर्ता गर्न थालेका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट सबै स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेपछि पुरानाहरुले आफ्नो जिम्मामा रहेको सामाग्री फिर्ता गरेका हुन् ।

विशेषगरि वडा अध्यक्षहरुले आफुसँग भएको वडाको मोटरसाईकल फिर्ता गरेका छन् । वडा अध्यक्षका लागि प्राप्त सवारी साधन कतिपयले गाउँपालिका कर्मचारीलाई त कतिले नवनिर्वाचित अध्यक्षलाई नै जिम्मा लगाएका छन् ।

यसरी पहिलो चरणमा आफृसँग भएको मोटर साइकल बुझाउनेमा खिजीदेम्बा-४ का वडा अध्यक्ष कमलप्रसाद न्यौपाने, वडा-९ का अध्यक्ष आङ पसी शेर्पा, सिद्धिचरण नगरपालिका वडा-११ का विनोद केसी लगायत रहेका छन् ।

न्यौपानेले वडा सचिव विरबहादुर सुनुवारलाई, शेर्पाले गाउँपालिका योजना शाखाका प्रदीप पौडेललाई र केसीले नवनिर्वाचित अध्यक्ष विनोद ताम्राकारलाई सवारी साधनसहित कागज बुझाएका छन् । त्यस्तै, अन्य स्थानीय तहका प्रमुख, वडा अध्यक्षहरुले पनि धमाधम आफ्नो जिम्मामा रहेको सामाग्रीहरु नयाँ जनप्रतिनिधिहरुलाई जिम्मा लगाउन थालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार