डोल्पामा जेठ ११ गतेदेखि यार्सा पाटन खुला

काठमाडौं : डोल्पामा यार्सागुम्बा संकलनका लागि जेठ ११ गतेदेखि सबै यार्सा पाटन खुला गरिने भएको छ । शनिबार सदरमुकाम दुनैमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाको अध्यक्षतामा जिल्लाका विभिन्न निकायका प्रमुख प्रतिनिधिहरूको सहभागितामा बसेको बैठकले शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र र विभिन्न सामुदायिक वनमा रहेका यार्सा पाटनमा जेठ ११ गतेदेखि असार १० गतेसम्म यार्सागुम्बा संकलन गर्न पाउने निर्णय गरिएको हो ।

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुीगाड डोल्पाले यार्सागुम्बा संकलकहरूका लागि सुलिगार्ड,धो, साल्दाङ, रिग्मो, सुम्दुवा, छेप्का, त्रिपुराकोट, खालीवन, पहाडा, तोइजम र मुगु जिल्लाको डोल्फु र किम्रीबाट पुर्जी वितरण हुने जनाएको छ।

बहुमूल्य जडिबुटीको रूपमा पाइने यार्सागुम्वा डोल्पा जिल्लाका बासिन्दाहरुले राम्रो आम्दानी गर्ने गर्दछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार