फुटबल प्रशिक्षक अल्मुताइरीलाई हटाउन सिफारिस

काठमाडौं : खेलाडी–प्रशिक्षकको विवाद छानबिन गर्न गठित समितिले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)का एक अधिकारीले छानबिन समितिले अल्मुताइरीलाई जिम्मेवारीबाट हटाउन समितिले सिफारिस गरेको जानकारी दिए ।

एएफसी एसियन कप फुटबलको प्रशिक्षणमा रहेका खेलाडीहरुसँग विवाद भएपछि दश जना खेलाडी प्रशिक्षण छोडेर गएका थिए । त्यसपछि एन्फाको कार्यसमिति बैठकले भूतपूर्व राष्ट्रिय खेलाडी तथा नेपाली सेनाका उपरथी भिक्टर राणाको संयोजकत्वमा विवादबारे छानबिन गर्न समिति गठन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार