स्थानीय तहमा घट्यो महिला जनप्रतिनिधिको संख्या


ओखलढुंगा : जिल्लाका स्थानीय तहमा महिलाको सहभागिता घटेको छ । यसअघि ८ वटै स्थानीय तह प्रत्येकमा उपप्रमुख पदमा महिलाको सहभागिता थियो । तर, यस पटक स्थानी तह निर्वाचनमा भने महिलाको सहभागिता घटेको हो ।

अहिले जिल्लाका ५ स्थानीय उपप्रमुख पदमा मात्रै महिला जनप्रतिनिधि निर्वाचित भएका छन् । दलीय गठबन्धन र चुनावी तालमेलका कारण महिला सहभागिता घटेको पाइन्छ । त्यस्तै,उम्मेदवारी पाएकाहरुले पनि चुनावमा पराजय भोग्नु पर्दा सहभागिता झनै घटेको देखिन्छ ।

स्थानीय तहको निर्वाचनका लागि जिल्लाबाट ३ पालिका प्रमुख सहित ३० जना महिलाको उम्मेदवारी परेको थियो । ती मध्ये ५ जना मात्रै निर्वाचित भएकी छन् । त्यस्तै,वडा अध्यक्षका लागि पनि जिल्लाभर ९ जना महिलाले चुनाव लडेका थिए । तर वडा अध्यक्षमा कुनै पनि महिला निर्वाचित भएका छैनन् ।

यस अघि २०७४ को स्थानीय तहको चुनावमा वडा अध्यक्षका लागि १ जना महिलाको उम्मेदवारी परेको थियो भने निर्वाचित समेत भएका थिए । तर अहिले भने जिल्लामा महिला वडा अध्यक्षको संख्या शुन्य भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार