समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्ने शिक्षा मन्त्रालयको दाबी

 

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समयमै नयाँ पाठ्यपुस्तक विद्यार्थीहरुको हातमा पुग्ने दाबी गरेको छ । मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जेठ ५ गतेभित्र नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने दाबी गरेका हुन् ।

उनले करिब ६ महिनाअघि नै कर्णाली प्रदेशमा पाठ्यपुस्तक पुगिसकेको बताए। अन्य ठाउँमा भने जेठ ५ गते विद्यार्थीको हातमा पुस्तक पुग्ने बताएका उनको भनाइ छ । पुस्तक छपाइबारे वैशाखमा नै पुस्तक छाप्ने योजना रहे पनि स्थानीय तहको निर्वाचनका कारण मतपत्र छाप्न प्राथमिकता दिनुपर्ने भएकाले ढिलाइ भएको उनले तर्क गरे ।

यस वर्षको नयाँ शैक्षिक सत्र जेठ १ बाट सुरु भइसकेको छ । तर,सबै पाठ्यपुस्तक छपाइ सकिएको छैन् । केही ठाउँमा भने पुस्तक पुग्न सातादिनसम्म लाग्ने सचिव कोइरालाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार