चिशंखुगढीमा मतपत्र च्यात्ने ढुंगानामाथि जिल्ला अदालतबाट ७ दिन म्याद थप


ओखलढुंगा : जिल्लाको चिशंखुगढीमा बदर भनेर राखिएको मतपत्र च्यातेको अभियोगमा पक्राउ परेकाहरुलाई प्रहरीले अभद्र व्यवहार अन्तर्गत मुद्धा दर्ता गरि अनुसन्धान प्रकृया अघि बढाएको छ । प्रहरीको नियन्त्रणमा रहेका २ जनाले गत वैैशाख २ गते चिशंखुगढी ३ को पुन मतगणना भैरहँदा मतपत्र च्यातेका थिए ।

नेपाली कांग्रेसका जिल्ला सचिव राजकुमार ढुंगाना र मिनबहादुर आले मगरले बदर भनेर राखिएको मतपत्र च्यातेका थिए । उनीहरुलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको हिरासतमा रहेका उनीहरुलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सुचना अधिकारी केशव अधिकारीले जानकारी दिए । ढुंगानाको निर्देशनमा मगरले मतपत्र च्यातेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार