ओखलढुंगाको कुल ३९१ पदमध्ये २२२ पदमा कांग्रेसको जित


ओखलढुंगा : स्थानीय तह निर्वाचन २०७९ को जिल्लाको निर्वाचनमा कांग्रेसलाई अपेक्षित सफलता हात परेको छ । जिल्लाको कुल ३ सय ९१ पदमध्ये २ सय २२ पदमा कांग्रेसले जित निकालेको हो ।

एमालेबाट १ सय २२ जना जनप्रतिनिधि विजयी भएसँगै दोस्रो स्थान छ । यस्तै माओवादी केन्द्रबाट ३० जना, जनता समाजवादी पार्टीबाट १६ जना र १ जना स्वतन्त्रबाट विजयी भएको निर्वाचन अधिकारी प्रेम न्यौपानेले जानकारी दिए ।
जिल्लामा ४ स्थानीय तहमा प्रमुख र ४ स्थानीय तह उपप्रमुख कांग्रेसले लिएको छ । स्वतन्त्रबाट मानेभञ्ज्याङ गाउँपालिकाका कांग्रेस नेता ज्ञानेन्द्र रुम्दाली कांग्रेससँगकै गठबन्धनबाट प्रमुख पदमा विजयी भएका छन् । स्वतन्त्रसमेत जोड्दा ५ स्थानीय तहको प्रमुखमा कांग्रेस विजयी भएका छन् ।

एमालेले १ स्थानीय तहमा प्रमुख र ४ स्थानीय तहमा उपप्रमुख, नेकपा माओवादी केन्द्रले १ स्थानीय तहमा प्रमुख र जनता समाजवादी पार्टीले १ स्थानीय तहमा प्रमुख पदमा विजयी हासिल गरेको छ । जिल्लामा कांग्रेस ४५ वडाको वडाध्यक्षमा पदमा विजयी भएको छ ।

एमाले २० वडामा, माओवादी केन्द्र ८ वडामा र जनता समाजवादी पार्टी २ वडामा विजयी भएको न्यौपानेले जानकारी दिए । जिल्लाको २०७४ सालको निर्वाचनमा ४ स्थानीय तहमा प्रमुख र र ५ स्थानीय तहमा उपप्रमुख जितेको थियो । एमालेले ३ स्थानीय तहमा प्रमुख र ३ स्थानीय तहमै उपप्रमुख जितेको थियो ।

त्यस्तै, माओवादी केन्द्रले एउटा स्थानीय तहमा प्रमुख जितेको थियो । जिल्लाको एकमात्र नगरपालिका सिद्धिचरण गरपालिकाको मेयर पदका लागि १ स्वतन्त्र सहित जम्मा ७ जनाले उम्मेदवारी दिएका थिए । ती मध्ये कांग्रेस–माओवादी केन्द्र गठबन्धन तर्फका उम्मेदवार नेपाली कांग्रेसका तेजन खनाल (तेजेन्द्र) ६ हजार ८ सय ३४ मतले निर्वाचित भएका छन् । लिखु गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अशोककुमार कार्की विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार