पार्टीका साथीहरुबाटै निर्वाचनमा असहयोग पाइयो : रुम्दाली


ओखलढुंगा : जनता समाजवादी पार्टी नेपालले निर्वाचनमा पार्टीका नेताहरुबाटै असहयोग भएको संकेत गरेको छ । प्रदेश सदस्य धीरेन्द्र रुम्दालीले निर्वाचनमा भावनामा बहकिएर केही साथीहरु सैद्धान्तिक रुपमा विचलित हुनुले मतपरिणामा असर परेको उल्लेख गरेको हो ।

निर्वाचन जनताका माझमा दल र दलका नेताहरुले आफुलाई परीक्षार्थीका रुपमा प्रस्तुत गर्ने एउटा अवसर मात्र नभई दलका साथीहरुको अग्निपरीक्षा पनि भएको रुम्दालीको भनाइ छ । पार्टीले स्थानीय तहको निर्वाचन सामना गर्दैगर्दा प्रतिस्पर्धीको षड्यन्त्रलाई आफ्नो कर्तव्य ठानी लम्पसार पर्ने साथीहरुले आत्मसमिक्षा गर्नुपर्ने उनको भनाइ छ ।

‘इमान्दार रुपले पार्टी र उम्मेदवारहरुको पक्षमा कार्य गर्ने साथीहरुलाई भने सम्मान गर्नुपर्छ,गर्छु,’ उनले भने । रुम्दालीले यस विषयमा आगामी यात्रामा गम्भिररुपमा समीक्षा हुने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार