ओखलढुंगा सिद्धिचरण नगरपालिकाको मेयरमा खनाल निर्वाचित


ओखलढुंगा : सिद्धिचरण नगरपालिकाको मेयरमा तेजेन खनाल (तेजेन्द्र) निर्वाचित भएका छन् । उनले एमालेका इच्छा कुमारी गुरुङलाई पराजित गरेका हुन् । उपमेयरमा भने एमालेका केदारबाबु बस्नेत विजयी भएका छन् ।

उनले गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेद्वार रुपेश शाक्यलाई पराजित गरे । त्यस्तै, सिद्धिचरण नगरपालिका-५ बाट एमालेका डिल्लिशेर राई, ६ मा कांग्रेसका मेख बहादुर मगर र वडा-७ मा कांग्रेस बल बहादुर कटवाल विजयी भएका छन् ।

खनाल कांग्रेस जिल्ला सभापति समेत हुन । मेयरमा पराजित भएपछि एक वक्तव्य निकाल्दै गुरुङले नतिजालाई सहज रुपमा स्वीकार्ने बताइन। गुरुङले अब नगरलाई सञ्चालन गर्न कुनै समस्या नभएको दाबी गरिन। ‘सहजै रुपमा नगरलाई समृद्ध बनाउने बाटो हामीले हिजै बनाएका छौं,’वक्तव्यमा भनिएको छ,‘केही सल्लाह लिन र दिन परेमा जुनसुकै बेला तयार छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार