१ सय ३० मतले गम्बु शेर्पा खिजीदेम्बाको अध्यक्षमा निर्वाचित

काठमाडौं : ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा १ सय ३० मतले गम्बु शेर्पा निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी नेपालका प्रदेश नम्बर १ का सदस्य शेर्पाले निकटतम् प्रतिस्पर्धीलाई १ सय ३० मतलेप0छि पार्दै उनी पालिका प्रमुख निर्वाचित भएका हुन् ।

शेर्पाले २ हजार ८ सय ८२ मत ल्याएर विजयी भए । कांग्रेसका बस्नेतले २ हजार ७ सय ५२ मत ल्याए । एमालेका रामबहादुर खत्रीले १ हजार ७ सय १५ मत ल्याए ।

उपाध्यक्षमा कांग्रेसकी सुशिला तामाङ विजयी भएकी छिन् । उनी २ हजार ८ सय २४ मत ल्याएर विजयी हुँदा जसपाको उम्मेदवारले २ हजार २ सय ४१ र एमालेको उम्मेदारका पक्षमा १ हजार ७ सय १५ मत खसेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार