काठमाडौंमा केशव स्थापितभन्दा दोब्बर मतले बालेन अगाडि

काठमाडौं : काठमाडौं महानगरपालिकाको स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले एमालेका उम्मेदवार केशव स्थापितभन्दा दोब्बर मतले अगाडि बढेका छन् ।

पछिल्लो परिणाम अनुसार बालेनले ८ हजार ३७ मत ल्याएका छन् भने एमालेका स्थापितले ४ हजार २ सय ५९ मत ल्याएका छन् ।

पाँच दलीय गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ हजार ७ सय ३ मत मात्रै ल्याएकी छन् । अहिले भृकुटीमण्डपस्थि राष्ट्रिय सभागृहमा कडा सुरक्षाबीच मतगणना भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार