एकै परिवारका चार दाजुभाई चुनावी प्रतिस्पर्धामा,तीन भाइले गरे जित हासिल

ओखलढुंगा : ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका एकै परिवारका चार दाजुभाई चुनावी प्रतिस्पर्धामा उत्रेकोमा तीन जना दाजुभाईले नतिजा हात परेका छन् । एक भाइ भने पराजित भएका छन् । मोलीमा जन्मेका रुम्दाली परिवारका चार दाजुभाई एकै पटक चुनावमा उत्रिएका थिए । मानेभञ्ज्याङमा ज्ञानेन्द्र रुम्दाली र धनकुटाको साँगुरीगढीमा जीतेन्द्र रुम्दाली गाउँपालिकाको अध्यक्षमा विजय हासिल गर्न सफल भएका छन् ।

दाजु राजकुमार रुम्दाली मानेभञ्ज्याङ-१ मा वडाध्यक्षमा विजयी भएका छन् । ज्ञानेन्द्रले कांग्रेसको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएर ५ हजार २१ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । गठबन्धनको समर्थनमा धनकुटाको साँगुरीगढी गाउँपालिकामा कांग्रेसबाट उम्मेदवारी दिएका जीतेन्द्रले नेकपा (एमाले) का कुमारजंग याक्खालाई ५ सय ७१ मतले पराजित गरेर जित हात पारेका छन् ।

जितेन्द्रले ५ हजार ३ सय ९९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट मानेभञ्ज्याङमा उपाध्यक्षका उम्मेदवारी दिएका थिए कान्छा भाइ दीपेन्द्र रुम्दाली । तर, उनलाई कांग्रेसका उपाध्यक्ष आश्रचन राईबाट हार व्याहोरे। दीपेन्द्रले २ हजार ७ सय ७७ मत प्राप्त गर्दा आश्राचनले ४ हजार ७ सय ५० मत प्राप्त गरेका थिए । एकाघरका ५ दाजुभाइमध्ये धीरेन्द्र रुम्दाली जनता समाजवादी पार्टीका प्रदेश सदस्यमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार