विराटनगर महानगरपालिका : मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा एमालेकी कार्कीको अग्रता कायमै

काठमाडौं : विराटनगर महानगरपालिकाको जारी मतगणनामा मेयर पदमा नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले अग्रता फराकिलो पार्दै लगेका छन् ।

हालसम्म वडा-६ को ३१०० सय मतगणना भएको छ । जसमा कांग्रेसका कोइरालाले १०३८ मत प्राप्त गरेका छ्न्। यस्तै नेकपा एमालेका उम्मेदवार सागर थापाले ७७४ मत पाएका छन्। मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवको मत २७७ छ ।

महानगरपालिको उपमेयरमा भने एमालेकी शिल्पा निराला कार्कीले ८५३ मतसहित अग्रता कायम गरेकी छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार