खिजीदेम्बा ९ पात्लेमा कांग्रेसको प्यानलै विजयी

काठमाडौं : ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका-९ पात्लेमा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । वडाअध्यक्षमा कांग्रेसका ङवाङफुरी शेर्पा सहित सबै कांग्रेसका उम्मेदवारहरुले जित हासिल गरेका हुन् ।

एमालेकी पसी शेर्पा १११ मतले हराउँदै कांग्रेसका अध्यक्षका उम्मेदवार शेर्पा विजयी भएका छन् ।

पात्लेबाट नेकपा एमालेको अध्यक्षमा १५५, उपाध्यक्ष १७४, वडाअध्यक्ष २०५, कांग्रेसको अध्यक्षमा २४५, उपाध्यक्षमा २५४, वडाअध्यक्ष ३१६, जसपाको अध्यक्षमा २३६, उपाध्यक्षमा १८६, वडाअध्यक्ष १०९ र माओवादी अध्यक्षमा ५, उपाध्यक्षमा ६ र वडाअध्यक्षमा ७ मत खसेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार