प्रधानमन्त्री देउवाले भने – निर्वाचनले सरकार र राजनीतिक दललाई थप प्रेरणा मिल्यो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजको निर्वाचन सकिएपछि स्थानीय तहको निर्वाचनमा देखिएको उत्साहपूर्ण जनताको उपस्थितिले सरकार र राजनीतिक दललाई थप प्रेरणा मिलेको बताएका छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको भन्दै सबैलाई धन्यवाद पनि दिए ।

शुक्रबार प्रेस विज्ञप्ति जारी गरि निर्वाचनमा खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पत्रकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षक लगायत
सबैलाई विशेष धन्यवाद व्यक्त गरेका छन् ।

‘शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण निर्वाचन सम्पन्न गराउन सफल भएकोमा सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार