देशभर ६४ प्रतिशत मत खस्यो, ४४ मतदान केन्द्रमा हुन सकेन मतदान

काठमाडौं : निर्वाचन आयोगले देशभर आज भएको स्थानीय तह निर्वाचनमा ६४ प्रतिशत मत खसेको जनाएको छ । आयोगले स्थानीय तह निर्वाचनमा १४ जिल्लाका १७ स्थानीय तहका २८ मतदान स्थालका ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको पनि जानकारी दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विभिन्न राजनीतिक दलहरुबीच भएको विवादका कारण मतदान हुन नसकेको बताए । विवादले स्थगित भएको मतदान केन्द्रमा सम्बन्धित निर्वाचन अधिकृतसँग समन्वय गरेर छिटै मतदानको व्यवस्था गर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार